
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा मध्यस्थकर्तालाई निर्देशन दिएको छ । विभिन्न बीमा कम्पनी तथा संस्थाको व्यवसायमा असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०६३ को दफा १९ अन्तर्गत रहेको बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २ (ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको जनाएको छ । उक्त व्यवस्थाअनुसार आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका सम्बन्धमा गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न पाइँदैन ।
प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्रचलित आचारसंहिताविपरीत हुने गरी कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गर्ने वा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित बीमा मध्यस्थकर्तालाई निर्देशन दिएको छ । त्यस्तै, आगामी दिनमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।














समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन