
काठमाडौं । देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, विगत एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ ।
वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार
भोटेकोसी र त्रिशूलीमा सामान्य छ बहाव : महाशाखा