
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । अघिल्लो दिन पनि डलरको मूल्य सोही दरमा सटही भएको थियो । त्यस्तै आज युरोपियन युरोको विनियदर घटेको छ । आज एक युरोको खरिददर १४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको थियो ।
त्यस्तै पाउण्ड स्टर्लिङको विनिमयदर पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०४ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा रहेको थियो । त्यस्तै केन्द्रीय बैंकले आजका लागि स्वीस फ््रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ७३ पैसा, बिक्रीदर १५२ रुपैयाँ ४० पैसा कायम गरेको छ ।
त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ । क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ ।
यस्तै, जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७३ पैसा, बिक्री दर ८ रुपैयाँ ७७ पैसा तय भएको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर ३ रुपैयाँ ८७ पैसा, बिक्री दर ३ रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । यस्तै, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ एक पैसा र बिक्री दर ४३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर ३५७ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै