
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लामा मानवीय सहायता तथा राहत सामग्री पुर्याउन आवश्यक सवारी साधन जुटाउन थालेको छ।
महासंघले आफ्ना सदस्य निर्माण व्यवसायीहरूसँग पिकअप, मिनी ट्रक लगायतका सवारी साधन उपलब्ध गराउन आग्रह गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले सवारी साधनको व्यवस्था गर्न लागिएको महासंघले जनाएको छ।
महासंघका अनुसार संकलन भएका सवारी साधनलाई पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी मानवीय सहायता तथा राहतका काममा परिचालन गरिनेछ। संकलित सवारी साधनमार्फत रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा आवश्यक राहत तथा मानवीय सहायता सामग्री पुर्याइने महासंघले जनाएको छ।
महासंघले सवारी साधन उपलब्ध गराउन इच्छुक सदस्यहरूलाई महासचिव शिवहरि घिमिरे, उपमहासचिव मंगलबहादुर शाही, कार्यालय प्रमुख प्रेमसिंह ऐर तथा ‘हेल्लो महासंघ’ अन्तर्गत अभिनय दाहालसँग सम्पर्क गर्न आग्रह गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा सडक तथा यातायातका पूर्वाधारमा क्षति पुगेका कारण राहत सामग्री ढुवानीमा समस्या भइरहेका बेला निर्माण व्यवसायी महासंघले आफ्ना स्रोतसाधन परिचालन गर्न लागेको हो।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै