नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि असोज ५ गते धितोपत्र कारोबार स्थगित भएको छ । ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको डाटा सेन्टरमा समस्या देखिएपछि धितोपत्र बोर्डले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले नेप्सेलाई घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता समस्या दोहोरिन नदिन सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिएको छ। यस्तै, कारोबार रोकिनुका कारण पहिल्याउन बोर्डका उप-कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। धितोपत्र बजारलाई स्वच्छ, सुरक्षित र पारदर्शी बनाउन बोर्ड प्रतिबद्ध रहेको जनाइएको छ।

795253814_1578463760991421_8887471397301343775_n

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट