
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक विजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोबर्द्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
गोबर्द्धनलाई प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोबर्द्धनलाई, प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोबर्द्धनलाई लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्छ ।’
गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुुरुवात गरेकी छिन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हो । गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैर नाफामूलक संस्था हो ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने