
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिस भएको व्यक्ति (आफू) लाई नियुक्त नगरेर कम नम्बर ल्याउनेलाई नियुक्त गरेको भन्दै सीईओ नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।
रेग्मीले दीपकराज जोशीलाई नियुक्त गरेको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा बुधबार रिट निवदेन दिएका हुन् । नेपाल पर्यटन बोर्डको सीईओमा दोस्रो नम्बरमा रहेका दीपकराज जोशीको नियुक्ति गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको हो । रेग्मी पहिलो नम्बरमा रहेका थिए । तर बरियतामा दोस्रो नम्बरमा रहेका व्यक्तिलाई अंक लुकाउँदै नियुक्ति गरेको आरोप लगाउँदै उक्त नियुक्ति बदरको माग रिटमा गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल