
काठमाडौं । जेम्स रोड्रिग्वेजले पेनाल्टीबाट गरेको गोलको मद्दतमा कोलम्बियाले कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोपा अमेरिकाको फाइनलपछि चोटका कारण मैदानबाहिर रहेका लिओनल मेसीलाई अर्जेन्टिनाले गुमाएको थियो ।
रोड्रिग्वेजले उपलब्ध गराइदिएको बलमा गोल गर्दै २५औं मिनेटमा यार्सन मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा निको गोन्जालेजले अर्जेन्टिनालाई बराबरीमा ल्याए। रोड्रिग्वेजले खेलको ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमपोलिटानो स्टेडियममा घरेलु टोलीलाई जित दिलाए ।
‘यो अर्जेन्टिनाविरुद्ध ठूलो जित हो। मौसम कठिन थियो। धेरै गर्मी थियो, तर हामीले उत्कृष्ट खेल खेल्यौं। न्यायोचित जित हो,’ रोड्रिग्वेजले भने । गत जुलाईमा कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेको थियो । सन् २०१९ यता अर्जेन्टिनामाथि पहिलो जित हात पारेको कोलम्बिया दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर