
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको विनिमयदर बढेको छ ।
राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर र बिक्रीदर सोही रहेको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको विनियमदर भने बढेको छ । आज पाउण्ड एकको खरिदर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको थियो ।
त्यस्तै आज युरोको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०१ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६७ पैसा पुगेको छ ।
मंगलबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०५ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा कायम भएको छ । त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ २६ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा पुगेको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक