
मकवानपुर । मनहरि गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाई छिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ ।
कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ । गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम