
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले साउन र भदौ महिनामा १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन् ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार दुई महिनामा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकको शीर्ष स्थानमा नविल बैंक रहेको छ । यो बैंकले भदौ महिनासम्ममा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । धेरै नाफा कमाउनेमा बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले दुई महिनामा १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ ।
त्यस्तै, भदौ महिनासम्ममा इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो अवधिमा हिमालयन बैंकले १ अर्ब १६ करोड, कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ र प्राइम कमर्सियल बैंकले ९७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् ।
भदौ मसान्तसम्म एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा बैंकले ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख रुपैयाँ नाफा गरेका छन् । यो अवधिमा एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख र माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम