रवि लामिछानेलाई आज अदालत लगिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ ।

लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताइन्। उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् । लामिछानेले बयानका क्रममा समन्वय गरेको उनले बताइन् । ‘हामीसँग छिटो बयान सक्नुस् भन्नुभएको छैन। बयानमा सघाउने उहाँको दायित्व र कर्तव्य पनि हो नि,’ उनले भनिन् ।

लामिछानेलाई प्रहरीले कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि आजै अदालत लगिँदै छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार