
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो ।
आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ । आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरी आयातमा कमी ल्याउन गण्डकी प्रदेश सरकारले आलुखेती प्रवर्द्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो । पहिलो वर्षमा नै नवलपुरमा यो कार्यक्रम सफल भएको तथ्यांकले पुष्टि गरेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए । जिल्लाका विभिन्न पालिकामा गरेर गत वर्ष समूह/सहकारीमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा एक हजार ९९२ मेट्रिक टन आलु उत्पादन भएको थियो । उक्त आलु बिक्रीबाट किसानले रु सात करोड ८९ लाख २४ हजार आम्दानी लिन सफल भएको केन्द्रका प्रमुख तिवारीले जानकारी दिए ।
यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलुखेती थप विस्तार भएर एक सय ११ हेक्टरमा आलुखेती गर्न लागिएको छ । गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागिता जनाएकामा अहिले सातवटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको प्रमुख तिवारीले जानकारी दिए । गत वर्ष कृषि ज्ञान केन्द्र नवलपुरले आलुखेती प्रवर्द्धनका लागि रु तीन करोड ९२ लाख विनियोजन गरेको थियो । तर अहिले भने बजेटमा कटौती भएको छ । अहिले रु एक करोड ८४ लाख ३० हजारमात्र विनियोजन भएको छ । बजेटको कमीका कारण विगत चार वर्षदेखि अनुदान पाउँदै आएका किसानलाई कार्यक्रममा समेट्न नसकेको तिवारीले बताउनुभयो । यस वर्ष बजेट कम भएकाले अनुदानमा केही कटौती भएको छ ।
‘जिल्लामा आलु प्रवर्द्धन कार्यक्रमप्रति किसानको आकर्षण बढेको छ, तर बजेट अभावका कारण कार्यक्रममा जोडिन चाहेका किसानलाई समेट्न सकेका छैनौँ’, कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले भने । आलुखेतीको अनुदानका लागि समूह/सहकारीमा कम्तीमा १० घरपरिवार संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने हुन्छ । यसरी खेती गर्न चाहनेलाई गत वर्ष ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको थियो । तर अहिले अनुदानमा केही कटौती गरेर क्षेत्र विस्तारलाई प्राथमिकता दिएको उनले बताए ।
गण्डकी प्रदेश सरकारले आलु प्रवर्द्धन कार्यक्रमबाट आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएअनुसार नै आलुको बजारीकरणको व्यवस्था सुरुमै सुनिश्चित गरेको हुँदा पनि किसान यसतर्फ थप आकर्षित बनेको केन्द्रका प्रमुख तिवारीले बताए । जिल्लामा उत्पादन हुने आलुको चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्नेगरी व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले बताए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा