
रसुवा । ६ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको २ सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो ।
प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो । त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
उक्त प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेंसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ । प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र अब परीक्षण प्रसारण थालिने जानकारी दिए ।
प्रसारण लाइनको कूल लागत रु. ३ अर्ब ६२ करोड बराबर छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो । भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो । प्रसारण लाइन पूरा भएसँगै एक सय ११ मेगावाट रसुवागढी, ४२.५ मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान, त्रिशूली थ्रीबीको ३७ दशमलव तीन मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने छ ।













समाचार
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः मन्त्री चौधरी
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
आज मध्यरात पछि स्थानीय तहमा नियमित आर्थिक कारोबार बन्द
पेट्रोलमा इथानोल मिसाउँदा भारतीय चालकहरुको असन्तुष्टि
दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने
बालेन शाहले भेटे निर्माण व्यवसायी, सुने निर्माण क्षेत्रले खेप्दै आएको सास्ती
मौद्रिक नीतिको सीबीफीनद्धारा स्वागत