
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडिएसका अनुसार, उक्त आईपीओमा २३ लाख २५ हजार २५६ जना आवेदकले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन्।
यसमध्ये १ लाख २४ हजार ८९० जना आवेदकले १०÷१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्, भने तीमध्ये चार जनाले ११ कित्तासम्म सेयर हात पार्नेछन्। करिब २२ लाख आवेदकको हात रित्तो पर्ने सम्भावना देखिएको छ । कम्पनीले गत असार १ गते प्रति सेयर १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।













समाचार
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने