
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन