अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । अन्तिम समयको गोलले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । आइतबार राति सम्पन्न खेलमा पाहुना टोली युनाइटेडका लागि म्याथ्युज कुन्हाले गोल गर्दा फुलहमलाई आत्मघाती उपहारस्वरुप प्राप्त गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजबाट आत्मघाती गोल हुन पुग्दा फुलहमले अग्रता लिएको थियो । हारतर्फ उन्मुख खेलको अन्तिम समयमा कुन्हाले गोल गर्दै फुलहमबाट अंक खोसे ।

यो नतिजासँगै पाँच खेलमा पाँच अंक जोडेको युनाइटेड १२ औँ स्थानमा छ । फुलहम समान खेलबाट दुई अंकका साथ १९ औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर