
ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।
भदौदेखि सुरु भएको अहिलेको पर्यटकीय मौसममा हालसम्म विदेशी पर्यटक मात्र करिब सात सय जना कञ्चनजङ्घा आएका छन् । आन्तरिक पर्यटक विदेशीभन्दा दोब्बर बढी आएको स्थानीय व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फ्रान्स, अमेरिका, जापानसहितका देशका पर्यटक आएका छन् ।
हालको मौसममा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न सबैभन्दा बढी फ्रान्स, अस्ट्रेलिया, जर्मनीलगायतबाट पर्यटक आएको शेर्पाले जानकारी दिए । उनका अनुसार गत वर्ष यो मौसममा करिब छ सय जना विदेशी पर्यटक आएका थिए । यस वर्ष अहिले पनि विदेशी पर्यटक आउजाउको क्रम चलिरहेको कञ्चनजङ्घा आधार शिविर क्षेत्रका होटेल व्यवसायी सेराप शेर्पाले जानकारी दिए ।
उनका अनुसार विदेशीसँगै उल्लेख्य रूपमा स्वदेशी अर्थात् आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरिरहेका छन् । उनले दसैँ र तिहारको समयमा अधिक पर्यटक कञ्चनजङ्घा भ्रमणमा पुगेको बताए । चाडपर्वको समयमा आन्तरिकमा स्थानीय पर्यटकको ठुलै संख्याले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको उनको भनाइ छ । सदरमुकाम फुङ्लिङस्थित होटेल माउन्टेनका सञ्चालक विमल भण्डारीले पनि गत वर्षभन्दा यस वर्ष ताप्लेजुङ भ्रमणमा आउने पर्यटकको संख्या बढेको बताउन् ।
होटल व्यवसायी भण्डारीका अनुसार हालको मौसममा गत वर्षभन्दा यस वर्ष विदेशी पर्यटक बढी आएका छन् । कञ्चनजङ्घा आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण यस पटक सदरमुकाम फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होटेल राम्रै चलेको व्यवसायी बताउँछन् । पर्यटन व्यवसायीका अनुसार वर्षमा दुई याम पर्यटक कञ्चनजङ्घा भ्रमणमा आउने गरेका छन् । पहिलो चैत, वैशाख र जेठ तथा दोस्रो भदौ, असोज, कात्तिक र मङ्सिरमा पर्यटक आउने गर्छन् । बाँकी असार र साउन महिना झरी वर्षा तथा पुस, माघ र फागुन महिनामा हिउँका कारण पर्यटकको आउजाउ ठप्प हुने गरेको व्यवसायीको भनाइ छ ।













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर