
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदा नाफा साढे ११ अर्ब पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसकार खुला नाफा ११ करोड ५३ लाख रुपैयाँ पुगेको हो ।
सूर्यज्योतिले चालु आवमा आर्जन गरेको नाफा गत आवको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ११ करोड २५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएर ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको यसै समयमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो ।
असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा १० प्रतिशत बढी हो । गत वर्ष यसै समयमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी थियो । असोज मसान्तसम्म कम्पनीले बीमितहरूलाई ७० करोड ७७ लाख रुपैयाँको दाबी भुक्तानी दिएको छ। जुन गत वर्षको तुलनामा ३५.९१ प्रतिशत वृद्धि भएको हो । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी १३.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च १३.७७ प्रतिशतले वृद्धि भएको छ ।
चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपैयाँबढी सञ्चिति रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ छ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए