काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरीलाई घटाएको छ । रियलले आइतवार गेटाफेलाई २–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो ।
रियलको जतमा जुड बेलिङघम र केलियन एमबाप्पेले एक एक गोल गरे । घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता लिएको थियो । खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमै २–० ले अघि रहेको थियो ।
यो जितसँगै रियल १४ खेलमा रियलको ३३ अंक पुगेको छ । शनिवार पराजित भएको बार्सिलोनाको १५ खेलमा ३४ अंक छ । आइतबारका अन्य खेलमा एट्लेटिको म्याड्रिडले भालाडोलिडलाई ५–० ले, एथलेटिको बिलबाओले रायो भालेसानोलाई २–१ र रियल सोसिडाडले रियल बेटिसलाई २–० ले हरायो ।
भिल्लारियल र जिरोनाले भने २–२ को बराबरी खेले । एट्लेटिको ३२ अंकसहित तेस्रो स्थानमा छ ।