
काठमाडौं। क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेडले फेरि शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्ने हो भने तलदेखि माथिसम्म सबै कुरा सुधार्नुपर्ने बताएका छन्।
सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहँदा उनले तीन प्रिमियर लिग, च्याम्पियन्स लिग र एक क्लब विश्वकपको उपाधि जितेका थिए। ३९ वर्षीय रोनाल्डोले गत सिजन लिगमा आठौं स्थानमा रहेको क्लबलाई अझै पनि माया गर्ने बताए। क्लबले पूर्वाधारमा लगानी गरिरहेकोमा उनी खुसी देखिन्छन्।
‘उनीहरूले सबै कुरा पुनर्निर्माण गर्न आवश्यक छ। किनभने यो अझै पनि विश्वको सर्वश्रेष्ठ क्लबहरू मध्ये एक हो,’ उनले भने।
सुरुआती तीन खेलमा दुई हार बेहोरेपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हाग दबाबमा परिसकेका छन्। यस्तो अवस्थामा रुड भान निस्टेलरोयमाथि क्लब भर पर्नुपर्ने रोनाल्डो बताउँछन्।
उनले भने, ‘ज्ञानबिना क्लबको पुनर्निर्माण गर्न सकिँदैन। रुडले युनाइटेडको उदार गर्छन् भन्ने मलाई विश्वास छ। यदि प्रशिक्षकले उनको कुरा सुन्छन् भने क्लबलाई थोरै सुधार गर्न सक्छन्।’ लिगमा १४औं स्थानमा रहेको युनाइटेडले शनिबार साउथह्याम्पटनको सामना गर्नेछ।













समाचार
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ