
काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
नेपालले जितको लागि दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए । सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।
त्यसैगरी नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको थियो । यस छनोट प्रतियोगिताबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् । विश्वकप आगामी माग २७ देखि फागुन २४ गतेसम्म हुँदैछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व