
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पन्जाब किङ्स उत्कृष्ट लयमा देखिएको छ । यो सिजनमा हालसम्म पाँच खेल खेलेको पन्जाब अपराजित रहँदै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
बिहीबार सम्पन्न आफ्नो पाँचौँ खेलमा पन्जाबले मुम्बई इन्डियन्सविरुद्ध ७ विकेटको जित निकालेको हो । सुरुआति ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले १६.३ ओभरमै ३ विकेटको क्षतिमा १९८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि क्विन्टन डिककले ११२ रनको शतकीय र नमन धीरले ५० रनको अर्धशतकीय पारी खेले पनि जीतका लागि पर्याप्त भएन । हार्दिक पाण्ड्याले १४ रन बनाउनेबाहेक मुम्बईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंहले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर ३ विकेट लिए । अर्शदीप म्यान अफ दि म्याच घोषित भए । मार्को यान्सन र सशांक सिंहको खातामा पनि एक÷एक विकेट रह्यो । जवाफी ब्याटिङमा उत्रिएको पन्जाबका लागि प्रभसिमरन सिंहले अविजित ८० रनको अर्धशतकीय पारी खेले । त्यस्तै श्रेयस ऐय्यरले ६६ रनको अर्धशतकीय पारी खेल्दा प्रियान्स आर्याले १५ र कुपर कोनोलीले १७ रन जोडे । मार्को यान्सन १० रनमा अविजित रहे ।
बलिङतर्फ मुम्बईका लागि एएम घजनफारले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए । यो जितसँगै ९ अंकसहित पन्जाब शीर्ष स्थानमा पुगेको छ । पन्जाबले पाँच खेलमध्ये ४ खेलमा जित निकालेको छ । एक खेल भने रद्द भएको छ । जारी सिजनमा पन्जाबले गुजरात टाइटन्स, चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । कोलकाता नाइट राइडर्ससँगको खेल भने रद्द भएको थियो ।
उता अंक तालिकाको नवौँ स्थानमा रहेको मुम्बईको भने यो लगातार चौथो पराजय हो । पहिलो खेलमा कोलकाताविरुद्ध जित निकालेपछि मुम्बईले त्यसपछिका सबै खेलमा पराजय व्यहोरेको छ । जारी सिजनमा मुम्बई दोस्रो खेलमा दिल्ली क्यापिटल्स, तेस्रो खेलमा राजस्थान रोयल्स, चौथो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पाँचौँ खेलमा पन्जाबसँग पराजित भएको हो ।













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल