
मुस्ताङ, । हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ । घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको हो ।
तापक्रम मापन केन्द्र समेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार पछिल्लो २४ घण्टाको तापक्रम माइनस ७ डिग्री मापन भएको छ । बागवानी विकास केन्द्रले स्याउ लगायतका फलफूलमा गरेको सिँचाइको पानी नै पुरै जमेको उहाँको भनाइ छ ।
उपल्लो मुस्ताङ क्षेत्रमा चिसो अत्यधिक बढेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । चिसो बढेर पानी जम्ने र घाम नलाग्दासम्म बाहिर निस्कने अवस्था नभएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार यातायात सेवा सुचारु रहेको र सीमा नाका खुला रहे पनि समग्र उपल्लो मुस्ताङ क्षेत्रमा स्थानीय प्रभावित भएका छन् । नेपाल प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्ती जाने गरेको उनको भनाइ छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व