काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सोधानान्तर स्थिति र चालु खाता १४३ अर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरण अनुसार सोधानान्तर स्थिति १४३ अर्ब ४२ करोडले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२ अर्ब ४७ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह रु.३ अर्ब ६५ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमारु.१५० अर्ब २४ करोडलेशोधनान्तर स्थिति बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।