
काठमाडौं । नेशनल हाइड्रोपावरले को साधारण सभा आज वस्दैछ । कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक गर्न लागेको हो ।
कम्पनीको २७औं र २८औं वार्षिक साधारणसभा आज एकैपटक बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।
सभामा गत दुई आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने तथा चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त २ पदमा सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ । लगानी र कर्जा अनुमोदन गर्ने तथा हकप्रद शेयरबाट प्राप्त रकमको अन्तिम बाँडफाँडको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह