
काठमाडौं । काठमाडौंमा रहेको पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको छ । मेरियट होटलमा आयोजना गरिएको ‘काठमाडौंमा पेरुको स्वाद’ नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको हो ।
यस्तै, पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरूमध्ये एक पिस्को साउर (कागतीको रस, सिरप, अण्डाको सेतो भाग, एङ्गोस टुरा बिटर र आइस क्यूबको मिश्रणले बनेको ककटेल)को प्रवर्द्धन गरिएको थियो । सो अवसरमा नेपालका लागि पेरुका मानार्थ महावाणिज्य दूत सुमितकुमार अग्रवालले विश्वका सबैभन्दा रुचाइएका पाक सम्पदामा पेरु समेत पर्ने बताए ।
‘पेरु पाककलाको लामो इतिहासलाई सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ’, उनले भने ‘त्यहाँका सेफहरू र जनताको जोशले दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न ठूलो योगदान पुर्याएकोमा म विश्वस्त छु ।’ शेफ जुलियो कास्टिलोले नेतृत्व गरेको सो फुड फेस्टिभलमा उद्योगी व्यवसायी, राजनीतिक नेता तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा पेरुका सांस्कृतिक भेषभुषाहरूसमेत प्रदर्शनीमा राखिएको थियो ।













समाचार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
चिनियाँ राष्ट्रपतिले चढ्ने ब्रान्डको नयाँ एसयूभी ईएचएस४ नेपालमा
सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ : व्यवसायी थापा
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?
रासायनिक मलको माग उच्च, आपूर्ति कम
कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी
बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च