
काठमाडौं । चिनियाँ राष्ट्रपतिले समेत प्रयोग गर्ने प्रिमियम सवारीसाधन ब्रान्ड हङ्चीको नयाँ विद्युतीय एसयूभी ईएचएस४ नेपालमा सार्वजनिक भएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको ईएचएस४ हङ्चीको नेपाल प्रवेश गर्ने नयाँ विद्युतीय मोडल हो।
हङ्ची चीनको प्रतिष्ठित प्रिमियम सवारीसाधन ब्रान्ड हो। चिनियाँ राष्ट्रपति तथा उच्च सरकारी अधिकारीहरूको आधिकारिक सवारीमा समेत हङ्चीका विभिन्न मोडल प्रयोग हुँदै आएका छन्।
ईएचएस४ मा ६७.३ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। मोटरले अधिकतम २४० न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीले दिएको विवरणअनुसार ईएचएस४ ले एकपटक पूर्ण चार्जमा ४६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। तीव्र चार्जिङ प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने बताइएको छ। यसमा ३.३ किलोवाटसम्मको गाडीबाट बाहिरी उपकरण चलाउन सकिने सुविधा समेत उपलब्ध छ।
सुरक्षातर्फ ईएचएस४ मा विद्युतीय स्थिरता नियन्त्रण, एन्टिलक ब्रेकिङ प्रणाली, ट्र्याक्सन नियन्त्रण, हिल होल्ड नियन्त्रण र हिल डिसेन्ट नियन्त्रणजस्ता सुविधा छन्। त्यस्तै, गाडीमा अनुकूली क्रुज नियन्त्रण, लेनमा केन्द्रित राख्ने प्रणाली, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, स्वचालित आपत्कालीन ब्रेकिङ, ब्लाइन्ड स्पट पहिचान र ३६० डिग्री क्यामेरा उपलब्ध छन्।
चालकको अवस्था निगरानी गर्ने प्रणाली र जीवन पहिचान रडारसमेत राखिएको छ। गाडीको भित्री भागमा १४.६ इन्चको केन्द्रीय टचस्क्रिन, १२.३ इन्चको डिजिटल उपकरण प्रदर्शन र १२ वटा स्पिकर उपलब्ध छन्।
ईएचएस४ को लम्बाइ ४,५२० मिलिमिटर, चौडाइ १,८७३ मिलिमिटर र उचाइ १,६४७ मिलिमिटर छ। यसको सामान राख्ने ठाउँ ३९३ लिटरको रहेकोमा पछाडिका सिट फोल्ड गर्दा १,३०० लिटरसम्म विस्तार गर्न सकिन्छ।
यो गाडीको मूल्य नेपालमा ५९ लाख ९९ हजार रुपैयाँ हो। नाइमामा भने यो गाडीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ राखिएको छ।













समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन