
काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव आज दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो ।
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमानमार्फत विशेष उडान सञ्चालन गरिएको हो ।
सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन् । नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यती एअरलाइन्सले यात्रु सेवासँगै आवश्यकता र मागअनुसार विशेष तथा चार्टर उडान सेवा पनि सञ्चालन गर्दै आएको छ । देश तथा विदेशका विभिन्न गन्तव्यमा चार्टर उडानमार्फत सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले विशेष व्यक्तित्व, संस्थागत तथा समूहगत यात्राका लागि पनि सुरक्षित, भरपर्दो र सुविधाजनक हवाई सेवा उपलब्ध गराउँदै आएको छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद