
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आईपीओ आज बाँडफाँट भएको छ । तोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो ।
गार्डियन माइक्रो लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गरेको थियो ।
धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार यो आईपीओमा अन्तिम दिनसम्म कुल ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयर माग भएको थियो । मागको ८.६८ गुणा बढी हो । कुल आवेदनमध्ये ३७ हजार २०९ आवेदकबाट परेको १९ लाख ५३ हजार ८५० कित्ता सेयर सदर भएको छ भने १० आवेदकबाट परेको २१० कित्ता सेयर बदर भएको छ । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । जसमा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
सदर आवेदकमध्ये १४ हजार ७०९ आवेदकको हात खाली भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली आईपीओ बिक्री गरेपछि अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै