
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार २५ अर्ब ३३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । ५ अर्बको नयाँ र २० अर्ब ५३ करोडको नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
कार्यालयका अनुसार ९१ दिनका लागि जारी गरिएको उक्त टे«जरी बिल २०८३ पुस ७ गते परिपक्व हुुनेछ । बोलकबोलमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
पछिल्लो समय ऋण विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा तरलता देखिएको छ । बैंकहरुमा तरलता रहे सँगै ट्रेजरी बिलमा मागभन्दा धेरै आवेदन परेका हुन् । बैंकहरुमा तरलता थुप्रिए सँगै ट्रेजरी बिलको ब्याजदर समेत घटेको छ ।
यसअघि भदौ २९ गते ९१ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि २५ अर्ब ९३ करोड बराबरको बोल परेको थियो । जसको औषत छुटदर १.३४६१ प्रतिशत रहेको थियो । १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल खरिदका लागि २६ अर्ब १५ करोड रकम बराबरको बोल परेको थियो । जसको औसत छुटदर १.४४५० प्रतिशत रहेको थियो ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
पूँजीबजार सुधारको योजनाले लगानी बढ्ने अपेक्षाः उद्योग महासंघ