
काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार आएको छ । चालु आव साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट २३ अर्ब ५८ करोड बराबर कर्जा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत वृद्धि भई ५८ खर्ब ८० अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा २ अर्ब ९३ करोडले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८३ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । साउन मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ६२.३ प्रतिशत छ ।
त्यसैगरी व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा अंश ३७.७ प्रतिशत छ । गत आव सोही महिना यस्तो अंश क्रमश: ६२.७ र ३७.३ प्रतिशत थियो । चालु आव साउनसम्ममा निजी क्षेत्रतफ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ०.५ प्रतिशत र वित्त कम्पनीको ०.१ प्रतिशत बढेको छ भने विकास बैंकको ०.३ प्रतिशत घटेको छ ।
साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १५.३ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३ प्रतिशत छ । २०८२ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १४.८ र ६४.४ प्रतिशत थियो।
गत साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फ ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत ३, निर्माण २.१, सेवा उद्योग १.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १.२, यातायात उपकरण उत्पादन तथा मर्मत ०.८, थोक तथा खुद्रा व्यापार ०.३ र औद्योगिक उत्पादन क्षेत्रतर्फ ०.३ प्रतिशतले बढेको छ । तर वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फ ५.१, कृषि ०.९ र उपभोग्य क्षेत्रतर्फ ०.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.५ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा १, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.७ र हायर पर्चेज कर्जा ०.१ प्रतिशत बढेको छ । तर विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६, क्यास क्रेडिट कर्जा १.१ र माग तथा अन्य चालु पूँजी कर्जा ०.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।












समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै
पूँजीबजार सुधारको योजनाले लगानी बढ्ने अपेक्षाः उद्योग महासंघ