
काठमाडौं । यातायात व्यवस्था विभागले बढेको भाडादर विद्युतीय सवारीसाधनमा लागू नहुने स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै डिजेल इन्धनको मूल्यवृद्धिका आधारमा गरिएको भाडा समायोजन विद्युतीय सवारीमा लागू नहुने जनाएको हो ।
सूचनामा भनिएको छ– अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरूप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिँदा यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको तर विद्युतीय सवारीसाधनको हकमा उक्त भाडा वृद्धि लागु नहुने व्यहोरा अनुरोध गर्दछौँ ।
विभागले अन्तरप्रदेशीय सार्वजनिक सवारीको भाडा समायोजन गर्दा डिजेलबाट सञ्चालन हुने सवारीमा मात्र वृद्धि लागू हुने स्पष्ट पारेको छ । तर केही विद्युतीय सवारी सञ्चालकहरूले पनि भाडा बढाएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागका अनुसार विद्युतीय सवारीसाधनमा पहिले कायम भाडादर नै लागू हुनेछ । साथै, यात्रुबाट भाडा असुल्दा अनिवार्य रूपमा टिकट दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ । विभागले सबै यातायात सेवा प्रदायकलाई नियम पालना गर्न तथा यात्रुको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
‘कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार–पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रूपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्नुरगराउनु हुन अनुरोध छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
व्यवस्थाको विपरीत भए÷गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही हुने विभागको चेतावनी छ ।














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि