
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणले उद्योगीहरुलाई पठाएको ट्रंकलाइन र डेडिकेटेड लाइनको बिल अध्ययन गर्न समिति गठन गरेका थिए । त्यो समितिको खर्च विद्युत् प्राधिकरणबाट बेहोर्ने निर्णयमा कुलमान घिसिङले नोट अफ डिसेन्ट लेखेका थिए ।
ऊर्जा मन्त्रालयले योसहित ट्रान्सफरमर खरिदमा अनियमिता भएको लगायतका आरोप लगाएर ९ बुँदे स्पष्टीकरण सोधेको हो । ऊर्जासचिव सुरेश आचार्यले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र कुलमानलाई पत्र पठाएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई सरकारमा आउना साथ हटाउन खोजेका थिए । तर,कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भएको कारण ओलीको हटाउने निर्णय कार्यान्वयन गर्न सकेका थिएनन् । पछिल्लो समय देउवाले ऊर्जामन्त्री बनाएका खड्का र कुलमानबीच नै सम्बन्ध निकै नै बिग्रेको अवस्था छ । प्राधिकरणको अध्यक्षको हिसाबले ऊर्जामन्त्रीले प्राधिकरणको मुख्यालयमा समेत आफ्नो कार्यकक्ष बनाएका छन् ।













समाचार
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण