
काठमाडौं । लुकास बर्गभालको निर्णायक गोलसँगै टोटनह्यामले बुधबार इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा लिभरपुललाई पराजित गरेको छ । १८ वर्षीय बर्गभालले ८६औं मिनेटमा डोमिनिक सोलान्केले दिएको पासमा गोल गर्दै टोटनह्यामलाई १–० को जित दिलाएका हुन् ।
यो नतिजासँगै लिभरपुलको २४ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
छैटौं मिनेटमा टोटनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टानकुर हेडर प्रयास गर्ने क्रममा नराम्ररी पछारिएका थिए । उनलाई १० मिनेटको उपचारपछि स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो । टोटनह्यामका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले खेलपछि बेन्टानकुर होसमा रहेको र कुरा गर्न सक्ने अवस्थामा रहेको पुष्टि गरे । दोस्रो लेग फेब्रुअरी ६ मा एनफिल्डमा हुनेछ ।
अर्को सेमिफाइनलमा न्युक्यासलले आर्सनलविरुद्ध पहिलो लेगमा २–० को जित निकालेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम