मेरो माइक्रोफाइनान्सको साधारणसभा आज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीको साधारणसभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, वट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपछि हुने चुक्ता पुँजी संरचना परिमार्जन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यसैगरी गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार