
काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफामा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र प्रतिसेयर आम्दानी समेत बढेको हो ।
बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४.७२ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ नामा कमाएकोमा चालु आवको सोही अवधिमा बढेर १ अर्ब १९ करोड २३ लाख रुपैयाँ पुगेको हो । चालू आवमा बैंकको सञ्चालन नाफा बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।
सञ्चालन नाफा गत आवमा १ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १ अर्ब ६४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यता खुद ब्याज आम्दानी भने ३ अर्ब १ करोड ६६ करोड रुपैयाँबाट घटेर २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँमा झरेको छ ।
१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले रिटेन्ड अर्निङमा १ अर्ब ७९ करोड रुपैयाँ र रिजर्भमा ६ अर्ब रुपैयाँ सञ्चिति गरेको छ । बैंकले १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ८१ पैसाबाट बढेर १७ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५६ पैसा रहेको छ ।













समाचार
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
असफलता लुकाउन राज्य अराजकताको प्रायोजकः महामन्त्री प्रदीप पौडेल
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
नेपाल बैकंद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण
हराएका ५१ दुईपांग्रे सवारीसाधन फिर्ता
बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण
दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान