
बागलुङ । बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ ।
गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालय पुग्न घण्टौँ लाग्छ । बर्खाको समयमा विभिन्न खोलाहरूमा पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।
गाउँपालिकाले बाह्रै महिना सवारीसधान सञ्चालन गर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा पुल तथा कल्भर्ट निर्माण गरे पनि अझै धेरै स्थानमा बनाउन बाँकी छ । पालिकाले यसवर्ष मात्रै छ वटा खोलामा कल्र्भट र पक्की पुल निर्माण गरेको छ । तर अझै पनि वडा नम्बर ३, ४ र ६ वडामा बर्खामा पालिका केन्द्रबाट सिधा यातायात सञ्चालन हुँदैनन् ।
एक करोड ७० लाख खर्चे घट्टबोघाट, सिङ्खोलाघाट, नुनथला घाट, पात्लेखोलामा दुई वटा र सेर्माघाटमा एउटा पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । पालिकाका छ वटै वडामा बाह्रै महिना यातायात संचालनका लागि अझै पाँच स्थानमा पुल निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष बुढामगरका अनुसार चालु आर्थिक वर्षमा पुल बनेपछि वडा नम्बर ५ खुङ्खानीमा बाह्रै महिना सवारीसाधान चल्न सक्ने भएको छ । वडा नम्बर ६ को नर्जाखानी पुग्न बागमानघाट, वडा नम्बर ३ को तमान र वडा नम्बर ४ को लाम्मेला पुग्न धोमैघाट पुल बनाउनुपर्ने अध्यक्ष बुढामगरले बताए।
तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालयसम्म आउनका लागि छ स्थानमा पुल तर्नुपर्ने बताए। अहिलेसम्म छ वटामध्ये हालसम्म पाँच स्थानमा पुल तथा कल्भर्ट बनेको भन्दै अब बागमानघाटमा पुल बन्यो भने बाह्रै महिना सहज रुपमा पालिका पुग्न सकिने उनले बताए।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम