
काठमाडौं । भोटेकोसी-त्रिशूली बाढीको इपिसेन्टर बनेको रसुवा जिल्लालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास भइरहेको छ । स्थलमार्गबाट शनिबार बागमती प्रदेश सरकारले राहत सामग्री पुर्याए पनि बाटो असहज भएको गुनासो स्थानीयको छ ।
हाल वैकल्पिक बाटोको रूपमा काठमाडौंबाट नुवाकोटको छहरे, सहरेटार, बाहुनबेँसी, नर्जा, लच्याङहुँदै रसुवाको सरमथली जिवजिवेहुँदै कालिस्कास्थान र बोगटीटार जोडिएको छ । सो बाटोको विकल्पको रूपमा नुवाकोटको छहरे फेरिबेँसी, चोकदेहुँदै रसुवाको नौकुण्ड गाउँपालिका जोड्ने बाटो र पुल निर्माण हुँदै छ ।
रसुवातर्फ सघीय सांसद मोहन आचार्य र प्रदेश सांसद प्रेम तामाङको पहलमा दुईवटा स्क्याभेटरले बाटो बनाइरहेको र नुवाकोटको सूर्यगढीतर्फ पालिकाको पहलमा दुईवटै स्क्याभेटरले बाटो सफा गरिरहेको सूर्यगढी २ का वडाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
नुुवाकोट र रसुवाको सिमाना रहेको फलाखु खोलामाथि बेलिब्रिज निर्माणको काम सोमबारबाट सुरु हुने उनले जानकारी दिए । पुलको सामान पुगिसकेको र फाउन्डेसन बनाएर जोड्ने जनशक्तिको खोजीमा पालिका र रसुवाका प्रतिनिधिसँग समन्वय भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
नुवाकोटको सूर्यगढीबाट रसुवा जोडिए सबैभन्दा छोटो स्थलमार्ग बन्नेछ । यो सडकबाट चारपांग्रे सवारीसाधन सहज रूपमा आवतजावत गर्न सक्नेछन् ।












समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल