नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग

काठमाडौं । नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा एक कराेड भन्दा बढी सहयाेग गरेका छन् ।  काेषमा १,०१,११,१११ सहयोग हस्तान्तरण गरिएको हाे।

बाढीपीडितको राहतका लागि अर्थमन्त्री माननीय डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरिएको हो। दुःखद् घडीमा गरिएको सहयोग हस्तान्तरणमा अन्तर्राष्ट्रिय डाइरेक्टर (ID) राजन लाम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर (PID) बालकृष्ण बुर्लाकोटी, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर (PID) सञ्जय खेतान, मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, एरिया लिडर तथा विभिन्न डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो।

साथै, बाढीपीडितको राहत तथा पुनर्निर्माणमा लायन्स र सरकारबीच गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गरिएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर