
काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा सामान्य घटेर ७ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ९५ करोड ९ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नफा २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २४ अर्ब ३४ करोड रुपैयाँबाट बढेर २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ७ करोड रुपैयाँबाट बढेर १९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँबाट घटेर ५१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । खराब कर्जाको आकार समेत ५.८६ प्रतिशतबाछ घटेर ५.२९ प्रतिशत पुगेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँबाट बढेर १०.१५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७५.०८ प्रतिशत रहेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि