
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा साढे २ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ६० लाख नाफा आर्जन गरेको हो ।
चालु आवको दोस्रो त्रैमासिकसम्ममा लघुवित्तको नाफा ३९५.६८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो ।
कम्पनीको सञ्चालन नाफा गत आवमा ७५ लाख ११ हजार रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा ११ करोड ७२ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पँुजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ करोड रुपैयाँ रहको छ भने सञ्चित मुनाफा २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि १३ रुपैयाँ १ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ भने खराब कर्जा ५.६२ प्रतिशत रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू