हिमालयन लघुवित्त नाफा ३९५.६८ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा साढे २ करोड भन्दा बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ६० लाख नाफा आर्जन गरेको हो ।

चालु आवको दोस्रो त्रैमासिकसम्ममा लघुवित्तको नाफा ३९५.६८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो ।

कम्पनीको सञ्चालन नाफा गत आवमा ७५ लाख ११ हजार रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा ११ करोड ७२ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पँुजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ करोड रुपैयाँ रहको छ भने सञ्चित मुनाफा २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले ४ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि १३ रुपैयाँ १ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ भने खराब कर्जा ५.६२ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार