
काठमाडौं । समसङ लेख्छ,–ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात देख्यौँ । त्यसपछि रिलिज भएका फोल्ड़ेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताहरूको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो ।
सोही कम्पनीले अगामी सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको जनाएको छ ।
सो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहनु भएका ग्राहकहरुले सो खरिदमा रु.२५ हजार रुपैयाँसम्मको बचत गर्न सकिने जनाइएको छ । यता प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४ सय ९९ रुपैयाँ रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४ सय ९९ रुपैयाँ रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको हो ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट तपाईँले ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सक्ने जनाइएको छ । सोही प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा ग्राहकहरुलार्य केवल आफ्नो नागरिकताको आवश्यक पर्ने कम्पनीको भनाई छ ।
सामसङ इलेक्ट्रोनिक्स को.ली, को बारेमा
सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरु न्यूज डट सामसङको समाचार कक्षबाट प्राप्त गर्न सकिने जनाइएको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया