
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका हुन् । साउनमा मात्रै ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।
भदौमा भने अघिल्लो महिनाको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । उक्त महिनामा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । तीमध्ये ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन् । भदौमा श्रम स्वीकृति लिनेहरूमध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । यसैगरी, बिदामा नेपाल फर्किएपछि पुनः रोजगारीमा जान २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गन्तव्य मुलुकका हिसाबले संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख रोजाइमा परेको छ । भदौमा यूएई जान १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् । यसमा १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला छन् । त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् । युरोपतर्फ रोमानियाका लागि १ हजार ७९३ जनाले श्रम स्वीकृति लिएका छन् । जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले स्वीकृति पाएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियाबाट जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
जिल्लागत रूपमा हेर्दा मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा धेरै छ । भदौमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन् । झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् ।
हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीमा जानेको संख्या निकै कम देखिएको छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको सीपगत अवस्थातर्फ दक्ष जनशक्तिको हिस्सा सबैभन्दा ठूलो छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिने ३४ हजार १६७ जना अर्थात् ५६.९ प्रतिशत दक्ष श्रमिक रहेका छन् ।
त्यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक रहेका छन् । भदौमा नयाँ श्रम स्वीकृति लिने ३४ हजार ८३९ जनामध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत प्रक्रिया पूरा गरेका छन् भने ९ हजार २२४ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् ।












समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया
ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न