
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ असोज ५ गते भोलि बिहान बाँडफाँड हुन लागेको हो ।
कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन्।
मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ। आईपीओमा मागभन्दा धेरै आवेदन परेका कारण १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिएको छ ।












समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया
ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न