अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी

झापा । श्रम संस्कृति पार्टीका बरिष्ठ नेता सुदन किरातीले अब आउने दिनमा श्रम संस्कृति पार्टीलाई जनताले देशको प्रथम पार्टी बनाउने बताएका छन् । झापाको केचना कवलमा आयोजित ‘केचना कवलदेखि सगरमाथासम्म हातेमालो अभियान’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले अबका दिनमा जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने बताए ।

उनले भने, ‘श्रम संस्कृतिलाई आउने दिनमा जनताले देशको प्रथम पार्टी बनाइदिनेछ अर्थात् चाबी हाम्रो पार्टीलाई हस्तान्तरण गर्ने विश्वास छ । प्रतीकात्मक रुपमा केचना कवल जस्तै होचो भएर युगौंदेखि समाजको पिँधमा पारिएको दलित समुदायसँग माफी माग्दै क्षतिपूर्ति स्वरुप राष्ट्रपति बनाउनेछौं ।’

दलितमाथि विभेद भएकाले नै नेपाल गरीब भएको किरातीको भनाई छ । सिप र ज्ञान भएका वैज्ञानिक दलित समुदायलाई विभेद गरिएकै कारण देश गरीब भएको भन्दै किरातीले भने, ‘अब श्रमको सम्मान हामी गर्छौं ।’ किरातीले आजबाट केचना कवलदेखि सगरमाथासम्म हातेमालो अभियान सुरु गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट