
काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यस फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ । जसमध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो ।
सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ । लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो । उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह