
काठमाडौं । नेपाल व्यवस्थापन संघको ४४ औँ वार्षि साधारणसभा सम्पन्न भएको छ । संघको साधरणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलन आज सम्पन्न भएको हो ।
सम्मेलनको उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । मन्त्री पौडेलले अर्थतन्त्रमा सुधारका लागि सरकारले पहल गरिरहेको जानकारी गराउँदै सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताए । उक्त अवसरमा पर्वूाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए । त्यस्तै उक्त अवसरमा लगानी बोर्ड नेपालमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए । सोही अध्ययनमा आधारित रहेर एक छलफल सत्रको आयोजना गरिएको थियो ।
उक्त छलफल सत्रमा राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्व डीन प्राध्यापक डा. कुसुम शाक्य तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमखु कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी वक्ताका रुपमा रहेका थिए । वक्ताहरुले परियोजना कार्यान्वयनको क्षमता विकास तथा परियोजना पूर्वतयारी गरी विश्वसनीय र ब्यांकेबल परियोजना तयारीमा जोड दिए ।
दीर्घकालीन कोष परिचालन गर्ने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फण्ड र जीवन बीमा फण्डमा साढे १५ खर्ब बराबरको रकम रहेकोमा ठूलो हिस्सा पूर्वाधार (सार्वजनिक र निजी आर्थिक रुपमा सम्भाव्य कुनै पनि परियोजना) मा लगानी गर्न सकिने सम्भावना रहेको पाइएको छ । यसमध्ये ८ खर्ब रुपयौँ अवकाश कोष (रिटायरमेन्ट फण्ड) मा रहेको र यो कोष हरेक वर्ष विस्तार हुने क्रममा रहेकाले सरकारले लगानीका औजारहरु दिएर उक्त कोष पूर्वाधार विकासमा प्रयोग गर्ने साथै उल्लेखित संस्थाहरुलाई नै स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय र ब्यांकेबल परियोजनाहरु सरकारले दिनुपर्ने विषयमा छलफल भएको थियो ।
अहिलेसम्म यी कोषबाट औसतमा ८ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालन भएकोमा सबैभन्दा बढी कमर्चारी सञ्चय कोषले १६.५ प्रतिशत ऊर्जा, रियलस्टेट तथा पर्यटन (हवाइ उड्ययन)का क्षेत्रमा लगानी गरेको पाइएको छ भने जीवन बीमा कोषको अत्यन्त न्यून हिस्सा मात्र पर्वूाधारमा लगानी भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरुले पोर्टफोलियो विविधिकरण गरी पूर्वाधारमा लगानीमार्फत् मुलुकमा उत्पादन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
नेपाल व्यवस्थापन संघले हरके वर्ष प्रदान गर्दै आएको म्यानेजर अफ द इयर अवार्ड उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेका थिए र सन् २००७ यता प्रमखु कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । उनले साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याएकोमा उनलाई छनौट समितिले म्यानेजर अफ द इयर अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
त्यस्तै वुमन म्यानेजर रिकगनिसन अवार्ड स्नेहा राजभण्डारीलाई प्रदान गरिएको छ । राजभण्डारी बोटलर्स नेपाल लिमिटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर छिन् । कर्पोरेट सस्टेनेबिलिटी, नियामकीय मामिला तथा लैंगिक समावेशीकरण तथा औद्योगिक सहकार्य र नीतिगत पैरवीका क्षेत्रमा उनले गरेको योगदान स्वरुप सम्मान प्रदान गरिएको आयोगकले जनाएको छ । त्यस्तै, नेपाल व्यवस्थापन संघले पूव मुख्यसचिव तथा संघका पूवर्अध्यक्ष डा. विमल कोइरालालाई पनि सम्मान गरेको छ । डा. कोइराला सार्वजनिक नीति तथा प्रशासनिक सुधार एवं पैरवीका क्षेत्रमा क्रियाशील रहेका छन् ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार