
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी) को नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अवधिको भन्दा ३.८१ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ६६ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि वृद्धि भएपछि नाफामा पनि सामान्य सुधार देखिएको हो ।
कम्पनीको कुल आम्दानी गत आवमा १४ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा चालु आवमा बढेर १५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै खुद बीमाशुल्क आर्जन चालु आवमा ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुल्क आर्जन ८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । सामान्य नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर १० रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तो आम्दानी गत आवमा १० रुपैयाँ ३० पैसा रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम ६ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष १ खर्ब २७ अर्ब २७ करोड रुपैैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ४६ पैसा छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान