
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा ४३.५५ प्रतिशतले नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचांकहरुमा गिरावट देखिएको हो ।
राष्ट्रिय जीवन बीमा कम्पनीको मुनाफा ४३.५५ प्रतिशतले घटेर ८० लाख ६५ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ९.६७ प्रतिशतले घटेर पाँच अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, लगानी तथा ब्याज आम्दानी लगायतका सूचांकहरु गत आवको तुलनामा घट्न पुगेका छन् ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक